बाजुरामा भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लाको बिछिया केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार बिछिया केन्द्रबिन्दु भई आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रबिन्दु भई तीन पटक भूकम्पको धक्का महसुस गरिएको थियो ।