वीरगंज –आज मंगलबार प्रदेस सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ९ बिश्रामपूरमा घरदैलो कार्य गर्नुभएको छ ।
निर्वाचनको मिति नजिकदै जादा डा.मधु गुप्ता कुर्मीले घरदैलो कार्यलाई निरन्तरता दिनुभएको छ । युवा जोश जाँगर र नयाँ सोचका साथ राजनीतिमा आउनु भएकी डा.मधु गुप्ता कुर्मी प्रति जनता रुझान दिन प्रति दिन बढ्दै गएको जसपाका युवा नेता एवम बहुदरमाई नगर निवासी चन्दन यादवले बताउनुभयो ।
अहिले नै उहालाई जितको अग्रिम बधाई दिदै मतदाताले टिका लगाईदिने , माला लगाईदिने गरेका छन । उनीहरुले स्वास्थ्य विज्ञ भएकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीलाई सहजै स्वीकारेका जसपाका केन्द्रीय सदस्य सल्मा खातुनले बताउनुभयो ।