बहुदरमाई नगरपालिकाको मिरहसनको घरमा आगलागी

आगलागी हुँदा पर्साको बहुदरमाई नगरपालिका वडा नं – ६ गम्हरियाका मिरहासन मियाँ हजामको घर जलेर नष्ट भएको छ ।

सोमबार बेलुका ६ :०० बजेतिर अचानक आगलागी हुँदा हजामको घरसहित धान, गेहु , सिलाई मिसिन , साइकल , गैस चुल्ला , लत्ता कपडा , भाँडाकुँडा जलेर नष्ट भएको हजामले बताए ।

उनका अनुसार आगलागीबाट १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन स्थानीय र प्रहरी खटिएका थिए ।

Share your love