पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलमा आगलागी हुदा ५ लाख बराबरको क्षति भएको छ । फुलकौलका देवईनर राउत कुर्मीको गोठमा आगलागी हुदा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) थापाका अनुसार गोठमा बालिएको घुरबाट आगो सलकेर भएको आगलागीमा परी एउटा भैंसी जलेर मरेको , परालको भुस जलेर नष्ट भएको र गोठमा आंशिक भन्दा बढी क्षति पुग्रेकोले ५ लाख बराबरको क्षति भएको हो ।