
बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख : अध्यक्ष ओली
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दावी समेत गर्नुभयो ।
बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताउनुभयो । उहाँले त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्न भन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौति दिनुभयो ।
अध्यक्ष ओलीले बजेटलाई सुतेर बसेको अझिंगरसँग तुलना समेत गर्नुभयो । उहाँले सुतेर बसेको अझिंगरले जस्तो बजेटमा भन्सारबाट आउँला र खाउँला भन्ने आशामात्रै रहेको ओलीले बताउनुभयो ।