बङ्ग्लादेशसँगकाे खेलमा २९ रन बनाउँदा नेपालका ३ खेलाडी आउट

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा नेपालले अहिले बङ्ग्लादेशसँग खेलिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले याे समाचार तयार पार्दासम्म १३ ओभरमा ३ विकेट गुमाएर ४१ रन बनाएको छ । नेपालले ८ ओभर ३ बलमा २९ रन बनाउँदा तेस्राे विकेट गुमाएकाे थियाे । नेपालका अर्जुन कुमाल १४, आकाश त्रिपाठी ३ र विपिन रावल २ विकेट गुमाएर आउट भए । अहिले क्रिजमा कप्तान देव खनाल र विशाल विक्रम केसी छन् ।

‘सुपर सिक्स’ को अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर ‘सुपर सिक्स’ का खेलअघि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । ‘सुपर सिक्स’ मा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।

‘सुपर सिक्स’ को समूह ‘ए’ मा भारत र पाकिस्तानको समान ६/६ अङ्क भएको छ । समूह’ ‘ए बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

Share your love