फुटबलको सर्वोच्च निकाय फिफाद्वारा भारतलाई प्रतिबन्ध

काठमाण्डौ -विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । फिफाले अल इन्डिया फुटबल फेडेरेसन ९एआईएफएफ० लाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो ।

भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन ।

Share your love

Leave a Reply

Your email address will not be published.