वीरगंज –नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले निवर्तमान प्रदेश सांसद प्रहलाद गिरिलाई कारवाही गर्ने निर्वाचन आयोगका कार्यालय पोखरिया संग माग गर्नुभएको छ ।
सत्ता गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ ( ख ) को आधिकारिक उम्मेदवार आफु मात्र भएको जनाउदै कांग्रेस जिल्ला सभापति क्षेत्रीले आफ्नो चुनाव चिन्ह रुखलाई भ्रामक रुपमा गिरीले सामाजिक सञ्जालमा राखेर दुरुपयोग गरिरहेको हुदा कारवाहीको माग गर्नुभएको हो ।
निर्वाचन आयोगले तोकेको समय असोज २३ सत्ता गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को (ख ) बाट आधिकारिक रुपमा आफुले उम्मेदवारी दर्ता गराएको तर पछी सत्ता गठबन्धन मै रहेको नेकपा एकीकृत समाजवादिका पार्टी बाट त्यही ठाउँको लागी उम्मेदवारी दर्ता गराउनु भएको गिरि गठबन्धनको नाउमा कांग्रेसको चुनाव चिन्ह रुखलाई दुरुपयोग गरी सामाजिक सञ्जालमा प्रचार गरिरहेकोले आफ्ना चुनावी गतिबिधिना नराम्रो प्रभाव परेको कांग्रेस जिल्ला सभापति क्षेत्रीले आयोगलाई बुझाउनु भएको विज्ञप्तिमा उल्लेख रहेको छ ।
एउटै क्षेत्रमा सत्ता गठबन्धन कै दुईजना नेताके उम्मेदवारी दिएपछि आधिकारिकताको बारेमा आम जनताले प्रश्न उठाएका छन तर दुवै जनाले आफु नै आधिकारिक रहेको बताउदै आएका छन ।
आधिकारिकताको बारेका त्यहा विवाद हुदा त्यस क्षेत्रका मतदाता अलमा परेको बताएका छन । टिकट कै लागी केहि दिन अगाडी एमालेमा प्रवेश गर्नुभएको गिरिले जसपा एमालेबाट चुनावी तालमेल भएपछी उहाको ठाउँमा जसपाले भाग पाएछी तत्कालै गिरि नेकपा एकीकृत समाजवादी पार्टीबाट टिकट लिएर उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
त्यस पश्चता आधिकारिताको बारेमा सत्ता गठबन्धन कै दुई नेतामा बिबाद देखा परेको छ ।