प्रभु साह साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासित

नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेकाे छ ।

एमालेका महासचिव शंकर पाेखरेलले आज शुक्रवार परिपत्र जारी गर्दै मधेस प्रदेश सह-इन्चार्जसमेत रहेका साहलाई पार्टीबाट निष्कासन गरेको जानकारी दिनुभएकाे हाे ।

यस्तै रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सह–इन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख छ । पार्टी विराेधी गतिविधिमा संगल्न भएकाे भन्दै प्रभु साह सहित इन्चार्ज शाह र सह–इन्चार्ज कुशवाहलाई साधारण सदस्यसमेत नरहने गरी एमालेले पार्टीबाट निष्कासित गरेकाे हाे ।

प्रभु साहले पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । पार्टीले रौतहट क्षेत्र नम्बर–३ कै टिकट दिए पनि त्यसलाई त्यागेर उहाँले त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

Share your love