प्रधानमन्त्री प्रचण्ड र एमसीसीका प्रमुख कार्यकारी अधिृकत एलिसबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा नेपालमा कार्यान्वयनकाे चरणमा रहेका एमसीसी परियोजनाका सम्बन्धमा कुराकानी भएको थियो ।