
प्रधानमन्त्री प्रचण्डको दोहा भ्रमण रद्द
मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण रद्द भएको उहाँका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भई यही फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा आज बिहान परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।