प्रदेश सांसद कुर्मिद्वारा सडक शिलान्यास

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय , यातायात पूर्वाधार विकास कार्यालय पर्साद्वारा सिरिसिया बोडर ड्राईपोर्ट , अठराहा सुगौली ,बिर्ता अपौनीमा निर्माण हुने सडकको आज आईतबार एक कार्यक्रम बीच मधेश प्रदेश सभा सदस्य कुर्मीले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य कुर्मीले निर्माण हुने यो सडकको कार्यमा सम्पूर्ण सिरिसिया बासीले निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाले सडक निर्माणको बेला कसैको अलिकति जग्गा सडकमा पर्यो भनेर बिरोद्ध नगर्न सिरिसिया बासि संग आग्रह गर्नुभयो ।

लालबाबु प्रसाद कुर्मीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा डा.महेश्वर प्रसाद कुर्मी , सुमित रौनियार , पारस प्रसाद कलवार ,विश्वनाथ राउत कुर्मी लगायत स्थानीयको उपस्तिथी रहेको थियो ।

Share your love