वीरगंज – मधेश प्रदेश सभा सदस्यकी उम्मेदवार रहनुभएकी डा.मधु गुप्ता कुर्मीले मत माग्नको लागी निरन्तर मतदाताको घर आँगनमा पूगीरहनु भएको छ ।
चुनाव प्रचार पसारको दोस्रो चरणमा पनि उहाले मतदाता घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै मतदाताको घरदैलोमा पूगीरहनु भएको हो ।
त्यसै क्रममा आज शुक्रबार पर्साको पोखरिया नगरपलिकाको वडा नम्बर ५ सतवरियामा डा.गुप्ताले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
दोस्रो चरणको मतदाता घरदैलो कार्यलाई सुरु गर्नुभन्दा अगाडी डा.मधु गुप्ता कुर्मीले सतवरिया स्थित देवी मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो ।