प्रदीप गिरिको अन्तिम इच्छा पूरागर्न सरिताले गरिन् पार्टी परित्यागSajha DailyAugust 24, 2022समाचार नेपाली कांग्रेसका स्व।नेता प्रदीप गिरिकी भाइबुहारी तथा नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरिले पार्टी परित्याग गरेकी छन्। सांसदसमेत रहेका कांग्रेस नेता गिरिको अन्तिम इच्छा पूरा गर्नको लागि आफूले यस्तो निर्णयले लिएको बताउँदै उनले बुधबार पार्टी परित्याग गरेको सामाजिक सञ्जालमार्फत घोषाण गरेकी हुन्। ‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउनका लागि उहाँको अन्तिम इच्छाअनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु’, नेतृ गिरीले लेखेकी छिन्, ‘नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ।’ कांग्रेस नेता गिरिको यही भदौ चार गते शनिबार राति करिब साढे ९ बजे उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो।