प्रचण्ड नेतृत्वको सरकारले लोकतान्त्रिक प्रणाली नै मास्यो : अध्यक्ष ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जताततै हस्तक्षेप गरेर लोकतान्त्रिक प्रणाली नै मासेको भन्दै यस्तो स्वेच्छाचारिताले मुलुक नचल्ने बताउनुभएको छ ।

शुक्रबार एमाले निकट बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक संस्था रेडक्रस, एनआरएनए जस्ता संस्थामा हस्तक्षेप गरेर स्वेच्छाचारिता देखाएको बताउनुभयो ।

ओलीले काम नलाग्ने र अलोकतान्त्रिक भ्रष्टाचारी सरकार भन्दै गैरकानुनी र बेतिथिसँग चल्ने सरकारको संज्ञा दिनुभयो ।

Share your love