
पोखरीमा डुबेर एक जनाको मृत्यु
अर्घाखाँचीमा पाखेरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर शितगंगा-३ का ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले खिमबहादुर किन दहमा गएका थिए भन्ने नखुलेको बताए ।