पेस्तोलसहित जनकपुरधामबाट एक किशोरी पक्राउ

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी अन्दाजी १६ वर्षीया छोरी पूजा कुमारी सहनी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रेल्वे सुरक्षा बेस जनकपुरधामबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा एक थान कटुवा पेस्तोलसहित उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

प्रहरीले उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद गरेको छ ।