वीरगंज-अहिले नयाँ र युवा नेतृत्वप्रति मतदाताको आकर्षण र भरोसा देखिएको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को ( ख ) मा पनि नयाँ र युवा नेतृत्वको रूपमा प्रतिस्पर्धामा आएकी डा. मधु गुप्ता कुर्मीप्रति जनताहरुको रुझान देखिएको जसपा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताउनुभयो ।
देशैभरि नयाँ नेतृत्व र युवा उम्मेदवार प्रति जनताको बढ्दो उत्साह रहेको हुदा पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा डा. गुप्ता कुर्मीप्रति मतदाताको विश्वास देखिएको क्षेत्रीय अध्यक्ष यादवले बताउनुभयो ।
डा. गुप्ता जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको साझा उम्मेदवार हुनुहुन्छ ।
सो क्षेत्रको आर्थिक र सामाजिक विकासमार्फत समाज परिवर्तनको लागि राजनीतिमा आउनुभएको डा.गुप्तालाई नयाँ दृष्टिकोण भएको नेतृत्वको रूपमा हेरिएको मतदाताको भनाइ छ।