पर्सा क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ जसपाका उम्मेदवार प्रदिप यादव जित नजिक पुगेका छन् । वीरगंज महानगरको १९ वटा वडा रहेको पर्सा क्षेत्र नं १ मा कुल ७७ हजार ६६९ मतदाता रहेकोमा करिब ५१ हजार मत खसेको थियो ।
जस मध्ये ४८ हजार मतको गणना भइसकेको र ३ हजार मत गन्न बाँकी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । उनका अनुसार बुधवार अपरान्ह ४ बजे सम्म नतिजा आइसक्ने बताए ।उनले अधिकांश वडाको मतगणना सकिसकेको र वडा न :१४ र केही वडाका केही मत गरी झण्डै ३ हजार मत गन्न बाँकी रहेको बताए ।
तर मतान्तर २ हजार २२ सयको रहेको कारण उनी जितको नजिक पुगेको आकलन गरिदै छ । प्रदिप यादवका निकटतम प्रतिद्वण्द्वी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीले १७ हजार ९९ मत ल्याई पिछा गरिरहेका छन् । तर ३ हजारका हाराहारीमा मतान्तर घटाएर जित निकाल्न द्विवेदीको लागि चूनौतीपूर्ण तथा असम्भव नै हुने मतदाताहरुको आकलन छ ।
तसर्थ पर्सा क्षेत्र नं १ मा पूर्व वनमन्त्रीसमेत रहेका प्रदिप यादवको जित सुनिश्चित भएको देखिन्छ । गत २०७४ को चुनावमा पनि प्रदिप यादवले काँग्रेसका नेता अनिल रुंगटालाई पराजित गरी विजयी भएका थिए ।
त्यसैगरी,पर्सा क्षेत्र नं २ मा पनि काँग्रेसका नेता अजयकुमार चौरसिया जित नजिक पुगेको देखिएको छ ।उनको पनि जित सुनिश्चित रहेको देखिएको छ । पर्सा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य तर्फ यो समाचार तयार पार्दा सम्म चौरसियाले २३ हजार ६५८ र उनका निकटतम प्रतिद्वण्द्वी जसपाका सुरेन्द्रप्रसाद कुर्मीले १८ हजार ६८२ मत ल्याएका छन् ।
चौरसिया कुर्मीभन्दा ५ हजार मतले अगाडि रहेकोले चौरसियाका जित पक्क भएको बुझिएको छ । वीरगंज महानगरपालिका बहुदरमाई नपा र पर्सागढिका गरी कुल २३ वटा वडा रहेको क्षेत्र नं २ मा कुल ८६ हजार ९६६ मतदाता रहेकोमा झण्डै ५९ हजार मत खसेको र अब १० हजार मत गन्न बाँकी रहेको पर्सा २ का निर्वाचन अधिकृत सुशिल देवकोटाले बताए ।
पर्सा क्षेत्र नं २ भित्र पर्ने वीरगंज २४,२५ र २६ को गरी कुल ३ वटा वडाको भोट गन्न बाँकी रहेको छ । तर ती वडाहरु कुर्मी जातिको गढ भएको र त्यसबाट जसपा उम्मेदवार कुर्मीले राम्रो भोट पाए तापनि चौरसियालाई हराउन चूनौतीपूर्ण रहेको मतदाताहरुको भनाई छ । यो क्षेत्रको अन्तिम नतिजा राति ११ बजे भित्र आइसक्ने अनुमान गरिएकोछ ।