पर्सा क्षेत्र नं. दुईको (क) मा प्रत्यक्ष तर्फ एमालेका तैयव मियाको नाम सिफारिस

वीरगंज –आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको पर्सा क्षेत्र नम्बर दुईको (क) बाट मधेश प्रदेशको प्रत्यक्ष तर्फ एमालेको नेता तैयब मियाको नाम सर्वसमत रुपले सिफारिस गरेको छ ।

एमाले पर्सा क्षेत्र नम्बर दुईको क्षेत्रीय कमिटिको बैठकले सर्वसमत रुपले सिफारिस गरेको एमालेका युवा नेता मुहम्मद मेराजले जानकारी दिनुभयो । क्षेत्र नम्बर दुईको क्षेत्रीय अध्यक्ष प्रभुहजाराको प्रमुख आतिथ्यतामा बसेको बैठकले  सिफारीस गरेको हो ।

Share your love