पर्सामा करेन्ट लागेर दुई जनाको ज्यान गयो

पर्सामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का रामकिशोर प्रसाद कुर्मीको घरमा प्लास्टर गर्ने क्रममा विद्युतको पोलको तारमा छोएर करेन्ट लाग्दा धोबिनी गाउँपालिका-३ का सैफुल्ला अन्सारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा विद्युतको तारमा छुन गइ करेन्ट लागेर वीरगञ्ज(९ का ध्रुवप्रसाद शाहको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुवै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

 

Share your love