पर्सामा कति मतदाता र मतदान केन्द्र , मतदानस्थल ?

पर्सा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा १६ जना तेस्रो लिङ्गीसहित तीन लाख ४५ हजार ९२८ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाए अनुसार पर्साको निर्वाचन क्षेत्र नं १ मा पुरुष ४४ हजार ९९, महिला ३३ हजार ५७८ र तेस्रोलिङ्गी दुईजना गरी ७७ हजार ८७९ जना मतदाता रहेका छन् । यो क्षेत्रमा ३४ वटा मतदान स्थल र ८८ वटा मतदान केन्द्र छन् ।

यसैगरी, पर्सा क्षेत्र नं २ मा पुरुष ४९ हजार ७५, महिला ३७ हजार ८८७ र  अन्य  चारजना गरी ८६ हजार ९६६ मतदाता छन् । यो क्षेत्रमा ३८ वटा मतदान स्थल र १०३ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ ।

यसैगरी, पर्सा क्षेत्र नं ३ मा पुरुष ५१ हजार ३६६, महिला ३९ हजार ६२ र तेस्रोलिङ्गी चारजना गरी ९० हजार ४३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ४७ वटा मतदान स्थल र १०९ वटा मतदान केन्द्र छन् ।

पर्सा क्षेत्र नं ४ मा पुरुष ५० हजार ३६४, महिला ४० हजार ४८१ र तेस्रोलिङ्गी छजना गरी ९० हजार ८५१ जना मतदाता रहेको र ४८ वटा मतदान स्थल र ११२ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ । पर्सा जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ४ मा ९० हजार ८५१ जना रहेका छन् ।

यसैगरी, आठवटा क्षेत्र रहेको प्रदेशसभामा पर्सा क्षेत्र नं १ को ९क०मा पुरुष २२ हजार ५६१, महिला १६ हजार ४५५ गरी ३९ हजार १६ मतदाता छन् भने २२ वटा मतदान स्थल र ४५ वटा मतदान केन्द्र छन् । क्षेत्र नं १ ९ख०मा पुरुष २१ हजार ५३८, महिला १७ हजार १२३, तेस्रोलिङ्गी दुईजना गरी कुल ३८ हजार ६६३ मतदाता छन् भने १२ वटा मतदान स्थल र ४३ वटा मतदान केन्द्र छन् ।

पर्सा क्षेत्र नं २ ९क०मा पुरुष २४ हजार ६३१, महिला १९ हजार २११, तेस्रोलिङ्गी दुईजना गरी कुल ४३ हजार ८४४ मतदाता रहेको र २१ वटा मतदान स्थल तथा ५२ वटा मतदान केन्द्र छन् । क्षेत्र नं २ ९ख०मा पुरुष २४ हजार ४४४, महिला १८ हजार ६७६, तेस्रोलिङ्गी दुईजना गरी ४३ हजार १२२ मतदाता रहेको र १७ वटा मतदान स्थल र ५१ वटा मतदान केन्द्र छन् ।

पर्सा क्ष्ँेत्र नं ३ ९क०मा पुरुष २४ हजार ९३०, महिला १९ हजार ४६२, तेस्रोलिङ्गी एकजना गरी ४४ हजार ३९३ मतदाता छन् भने २२ वटा मतदान स्थल र ५१ वटा मतदान केन्द्र छन् । क्षेत्र नं ३ ९ख०मा पुरुष २६ हजार ४३६, महिला १९ हजार ६००, तेस्रोलिङ्गी तीनजना गरी ४६ हजार ३९ मतदाता, २५ वटा मतदान स्थल र ५८ वटा मतदान केन्द्र छन् ।

पर्सा क्षेत्र नं ४ ९क०मा पुरुष २३ हजार ९०२, महिला २० हजार २७२ र तेस्रोलिङ्गी तीनजना गरी ४४ हजार १७७ जना मतदाता, २५ वटा मतदानस्थल र ५५ वटा मतदान केन्द्र छन् । क्षेत्र नं ४ ९ख०मा पुरुष २६ हजार ४६२, महिला २० हजार २०९, तेस्रोलिङ्गी तीनजना गरी ४६ हजार ६७४ मतदाता, २३ वटा मतदानस्थल र ५७ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय, पर्साले चारवटा सङ्घीय निर्वाचन क्षेत्र, आठवटा प्रदेशसभा क्षेत्र रहेको पर्सा जिल्लामा पुरुष एक लाख ९४ हजार ९०४, महिला एक लाख ५१ हजार ८ र तेस्रोलिङ्गी १६ जना गरी तीन लाख ४५ हजार ९२८ मतदाता रहेको र कुल मतदान स्थल १६७ र मतदान केन्द्र ४१२ वटा रहेको जानकारी गराएको छ ।

Share your love