गर्दौलका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकहरूको सरुवा गरेको तथा बहुअर्वामा राम्रो पठनपाठन नभएको गुनासोसहित कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आज गाउँपालिकाको कार्यालय घेराउ गर्न गएका थिए। सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव घाइते भएका हुन्। -नागरिक / बिमला गुप्त