वीरगंज -राष्ट्रिय भूमि आयोगले पर्साका जिल्लाका ११ वटा पालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत सङ्कलन थालेको छ ।
आयोगले आज विहिबार सूचना निकालेर सम्बन्धित पालिकाका वडाका तोकिएका ठाउँमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन आह्वान गरेको हो । आजदेखि ३५ दिनभित्र निवेदन दिइसक्नु पर्ने सूचनामा भनिएको छ ।
पर्सा जिल्लको पोखरिया र बहुदरमाई नगरपालिका यसैगरी सखुवा प्रसौनी,बिन्दवासिनी ,कालिकामाई , जगरनाथपुर, छिपहरमाई , धोबिनी ,पटेर्वा सुगौली , जिराभवानी र पकहाँ मैनपूर गाउँपालिकामा निवेदन दिन आयोगको आग्रह छ ।
आयोगका अनुसार यसअघि लगत सङ्कलन थालिएका पालिकामा छुटेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पनि ३५ दिनभित्र निवेदन दिन सक्नेछन् ।