काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी नौ सय ४० जनाको नमूना परीक्षण गर्दा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ३८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई सय ६३ जनामा झरेको छ ।