न्यायाधीश गिरीविरुद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले हिजोा मिसिल झिकाउने आदेश गरेको हो ।

रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो । यस्तै काठमाण्डौ  जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । उच्च अदालत पाटनले काठमाण्डौ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमतीले सर्वोच्चमा निवेदन दायर गर्नुभएको थियो ।

 

Share your love