डा.चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी थिए तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति रोकिएको हो । जागिरबाट हात धुन परेको छ । उनीविरुद्ध श्रीमती नेहाले जिल्ला अदालत महोत्तरीमा दुई मुद्दा दायर गरेकी छिन । घरेलु हिंसा र दाइजोविरुद्ध गरी दुई मुद्दा उनीविरुद्ध दर्ता भएका छन् ।
उनीहरुको लामो प्रेम सम्बन्धपछि गत फागुनमा विवाह भएको थियो । विवाह भएदेखि नै काठमाडौंमा घर दाइजो दिनुपर्ने भन्दै उनका श्रीमान र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले बताएकी थिइन् ।