सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द भएको छ । मंगलबार २.५७ अंकले घटेको बजार १८९९.७० बिन्दुमा झरेको छ । मंगलबार बजारमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको हो । सोमबार भने बजार बढेको थियो ।
मंगलबार कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य ३.२९ प्रतिशतले घटेर ३२० रुपैयाँ कायम भएको छ । सिंगटी हाइड्रो, अरुण कावेली पावर, इन्फिनिटी लघुवित्तसहितका कम्पनीका लगानीकर्ताले समेत धेरै गुमाए ।