नेपाल औषधि व्यवसायी संघकाे अध्यक्षमा खण्डेलवाल निर्वाचित

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को केन्द्रीय अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल निर्वाचित भएका छन् । वीरगन्जमा शनिबार बेलुकी भएकाे निर्वाचनमा रुपन्देहीका लोकहरि श्रेष्ठलाई १७ मतान्तरले पराजित गर्दै वीरगन्जका खण्डेलवाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
शुक्रबारदेखि वीरगन्जमा सुरु  भएको संघकाे १४ ओैं अधिवेशन अन्तर्गत आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनकालागि शनिबार बेलुकी भएकाे निर्वाचनमा अध्यक्षमा खण्डेलवाल र श्रेष्ठ दुई जना चुनावी प्रतिस्पर्धामा थिए।
शनिबार बेलुकी भएकाे मतदानमा कुल १९५  मत खसेकोमा खण्डेलवाल १०४ मतका साथ अध्यक्षमा निर्वाचित हुदाँ उनका प्रतिस्पर्धी श्रेष्ठले ८७ मतमात्रै पाए । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा उपाध्यक्षमा बुटवलका रामप्रसाद खरेल निर्वाचित भएका छन् । खरेल१४१ मतका साथ निर्वाचित हुदाँ उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मतमात्रै पाए ।
यसैगरी केन्द्रीय उपाध्यक्ष आयाततर्फ रामचन्द्र शर्माले १११ मतकासाथ , केन्द्रीय उपाध्यक्ष थोकतर्फ टंक प्रसाद अधिकारी १३० मतका साथ,केन्द्रीय उपाध्यक्ष खुद्रातर्फ यामनाथ पौडेल १०७ मतका साथ निर्वाचित भएका छन् ।
संघकाे महासचिवमा श्रीधर खनाल ९७ मतका साथ, कोषाध्यक्षमा सम्राटमान जोशी ९८ मतका साथ, सचिवमा कृष्णबहादुर रोकाय १०७ मतका साथ निर्वाचित भएका छन् ।उपकाेषाध्यक्षमा भने कविराज कँडेल निर्विरोध निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत राजु खड्काले जानकारी दिए।
यस्तै केन्द्रीय सदस्य खुलातर्फ बद्री खनाल , भुवनेश्वर बुढामगर, गेहेन्द्रप्रसाद मिश्र , कञ्चन शर्मा खतिवडा , सरला कुमारी विष्ट , मुकुन्दकृष्ण श्रेष्ठ र अविनाषकुमार पाण्डेय निर्वाचित भएका  छन् ।
यसैगरी केन्द्रीय सदस्यमा सुनिल लखोटिया (आयात), गौतम गुप्ता र गया प्रसाद कुश्मी (थोक), प्रदीप कुमार दास र पृथ्वी बहादुर बम (खुद्रा) तथा कपिला जोशी महिला सदस्यमा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खड्काले जानकारी दिए । मधेश खबर