नेपालले तेस्रो बलमै पहिलो विकेट गुमायो, आशिफ शेख खाता नखोली आउट

आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।

तेस्रो बलमै ओपनर आशिफ शेख रनको खाता पनि नखोली आउट भएका छन् ।

यूएईका आयान अफजल खानको बलमा आशिफ स्टम्प भएका हुन् ।