नेपालले कुवेतलाई दियो २ सय ८१ रनको लक्ष्य

एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८० रन बनाएपछि कुवेतले २ सय ८१  रनको लक्ष्य पाएको हो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । यस्तै,  कुशल मल्लले ५७,  कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २,  भीम शार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले खाता खोल्न पनि सकेनन् ।

कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २/२ विकेट लिए । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको थियो । अब दुवै टोलीले ४२/४२ ओभरको खेल खेल्नेछन् ।