नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाईने गरेको टिप्पणी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताउनुभएको छ । शुक्रबार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताउनुभएको हो ।

उहाँले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरुको हातमा रहेको बताउनु भयो । उहाँले मन्त्रीहरुको बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरुको चासोको विषय हुने गरेको जिकिर गर्नुभयो । अध्यक्ष लिङदेनले हिन्दुराष्ट्रको समाप्त पार्नेहरुको अभिष्ट अझैपनि पूरा भई नसकेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष लिङदेनले नेपाललाई कसैको माग विना नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै त्यसो हुँदा पनि हिन्दु धर्मावलम्बीहरुले कुनै बिरोध गर्न नसकेका बताउनु भयो । उहाँले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि ॐकार परिवारको प्रयत्न र सक्रियतालाई अझै बढाउनुपर्नेमा जोड दिनुभयो ।

Share your love

Leave a Reply

Your email address will not be published.