नेपालका बक्स अफिस पारदर्शी छैनन् : अध्यक्ष खड्का

पद हस्तान्तरणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष नवल खड्काले अघिल्लो कार्यसमितिले थाँती राखेका कामलाई पूरा गर्ने बताउनुभयो । उहाँले राष्ट्रिय चलचित्र नीति निर्माण भएर थन्किएको भन्दै त्यसलाई नीतिगत कार्यान्वयन गराउनु आफ्नो पहिले लक्ष्य रहेको बताउनुभयो ।

अध्यक्ष खड्काले बक्स अफिस पारदर्शी नभएको दाबी गर्दै पारदर्शी बनाउन नयाँ कार्यसमिति लागिपर्ने उल्लेख गर्नुभयो ।अध्यक्ष खड्काले कतिपय चलचित्रको प्रचारको अभाव रहेको उल्लेख गर्दै आफू नेतृत्वमा रहँदा चलचित्र निर्माणका लागि आवश्यक काम गरेर देखाउने दाबी गर्नुभयो । अध्यक्ष खड्का निर्माता सङ्घको अध्यक्षमा निर्विरोध चयन हुनुभएको थियो ।

Share your love