नेकपा एमाले रौतहटको निर्वाचन परिणाम अनुसार जिल्ला अध्यक्ष पदमा सच्चिदानन्द साह विजयी भएका छन् । उनले कुल १९३ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिलेश्वर चौधरी १८ मतको अन्तरले पराजित भएका छन्। चौधरीले कुल १७५ मत प्राप्त गरेका थिए।
उपसचिव पदमा अवधेशकुमार यादव निर्वाचित भएका छन् । उनले १२९ मत ल्याएका थिए।उनका निकटतम प्रतिद्वन्द्वी अशोक कुमार पहाडी ७५ मत, फेजल अहमद ६८ मत, कमलेश कुमार मिश्र ३७ मत र सोविन्द्र चौधरी ३३ मत ल्याएर पराजित भएका छन् ।
एमाले रौतहटको दसौँ जिल्ला अधिवेशनमा अन्तिमसम्म प्रयास गर्दा पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवन एमाले पार्टी कार्यालयमा सोमवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान भएको थियो । मतगणनाको अन्तिम परिणाम सोमवार राती घोषणा गरिएको थियो।
निर्वाचनमा कुल ४ सय २६ मतदाता मध्ये ३९१ ले मत मात्र मतदान गरेको निर्वाचन मण्डलका सदस्य बालाबिक्रम कार्कीले बताएका छन्