बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
निर्वाचन नजिकिदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा तालाबन्दी गरेकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।