रौतहट – निर्माण कार्य सम्पन्न हुन लागेको रौतहटको लालबकैया नदीको टिकुलिया पूलको निर्माण सम्झौता तोड्ने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साह प्रति त्यस भेगका स्थानीय आक्रोस पोखेका छन ।
निर्माण कार्य सम्पन्न हुन लागेको लालबकैया नदीको टिकुलिया पूलको प्रमुख साहले गत जेठ १० गते ठेक्का सम्झौता तोडिएको सुचना राष्ट्रिय दैनिक पत्रिका मै प्रकासित गराउनुभएको थियो ।
सम्झौता तोडेको अनुसार पप्पु कन्सट्रकसनले काम गर्न नपाउने र यदी काम गर्न गयो भने आफु स्थानीय प्रशासन लगाएर काम रोका गर्ने प्रमुख दरोगा साहले भनेको हुदा आफुहरु काम गर्न नसकेको पप्पु कन्सट्रकसनका प्राबिधिक जमुना यादवले बताउनुभयो ।
उक्त पूल निर्माण गर्नुपर्ने माग सहित अनसनमा बसेका स्थानीय सञ्चारकर्मी संग भेट्न पुगेका सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साहले यहि कुरा स्थानीयलाई जानकारी गराउदा स्थानीयले उहामाथि आक्रोस पोखेका थिए ।
स्थानीयले साहलाई घेराबन्दि हाली पूल कहिले निर्माण हुने भन्दै प्रश्न गरेका थिए त्यस क्रम्ममा पुगेको प्रहरीको टोलीले स्थानीयको बीचबाट साहलाई स्कटिंग गरेर लागेका थिए ।
यता पप्पु कन्सट्रकसनका प्राविधिक जमुना यादवले पूल निर्माणको काम ९० प्रतिशत सम्पन्न भईसकेको अवस्थामा आफुहरु संगको ठेक्का सम्झौता साहले तोडेर अन्याय गरेको बताउनुभयो ।
किन निर्माण रोकियो ?
सडक डिभिजन कार्यालय रौतहटले गत साल जेठ ९ गतेको निर्णयअनुसार १० गते राष्ट्रिय दैनिकमा सम्झौता अन्त्यको सूचना निकालेको थियो । अदालतले यो ठेक्का सम्झौता तोड्ने निर्णय र सूचना कार्यान्वयन नगर्न आदेश दिएको छ । पप्पुका सञ्चालकले स्पष्टीकरणको मौका नै नदिइएको दाबी गरेका छन । स्पष्टीकरण नै नसोधी ठेक्का तोड्नु अन्याय भएको भन्दै पप्पुका सञ्चालक अदालत गुहार्न पुगेका थिए ।
पुलको ६ ओटा स्पन निर्माण भई ४ ओटा स्पन समेत तयार भइसकेको र समग्र प्रगति ९० प्रतिशत पुगिसकेको पप्पु कन्सट्रकसनले जनाएको छ । पप्पुले पुल निर्माणको म्याद थपका लागि दिइएको निवेदनमा २१ दिनभित्र निर्णय दिनुपर्नेमा सडक कार्यालयले १ वर्षदेखि अन्योलम राखेको पनि बताको छन ।
सरकारले सबै ठेक्काको म्याद चैतसम्म थपे पनि सडकले सो पुलको ठेक्कामा म्याद नथपेर अन्योलमा राखेको निर्माण कम्पनीले बताएको छ । म्याद थपको फाइल सडक कार्यालयले १ वर्षदेखि दबाएर राखेको निर्माण कम्पनीले बताएको छ ।
७ करोड रुपैया बिल भुक्तानी लिन बाकि रहेको हुदा पनि काम गरिरहेको अवस्थमा एकलौटी बदनियत राखी निर्माण सम्पन्न हुन लागेको लालबकैया नदीको टिकुलिया पूलको ठेक्का सम्झौता तोडेको पप्पु कन्सट्रकसनका प्राबिधिक जमुना यादवले बताउनुभयो ।