नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् ।
गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताएपछि बारामा देखिएको समस्याहरू समाधान हुने उनले दाबी गरे ।नेपालीहरू एक हौं, बारावासी एक हौं भन्ने सन्देश दिनका लागि पनि योग्य व्यक्तिलाई मतदान गर्न उनले आह्वान गरे ।