
नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिवद्धता : विधिको पालनामा प्रतिवद्ध रहन्छु
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहने बताएका छन् ।
बिहीबार भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित भएका थिए । साँझ वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिएका छन् ।
राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रहेर निर्दिष्ट कार्यसम्पादन गर्दा निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध पौडेलको प्रतिवद्धता छ ।
राष्ट्रपतिका काम कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानमा अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्यि अभियानमा सरिक हुन सदैव तत्पर रहने उनले राष्ट्रपति पौडेलले बताएका छन् ।