नक्कली नेपाली नोटसहित बारामा एकजना पक्राउ 

बारा प्रहरीले नक्कली नेपाली नोटसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले जितपुरसिमरा–७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नेपाली नोटसहित सर्लाहीको चन्द्रनगर नगरपालिका – ३ बस्ने ४४ वर्षीय रामचन्द्र महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार त्यही ठाउँका प्रभु शाह कलवारको सुर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महतोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।