धान थ्रेसरमा परेर एक जनाको ज्यान गयाे

कैलालीमा धान थ्रेसरमा परेर एक जनाको ज्यान गएकाे छ ।

कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ वर्षीया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फस्न जाँदा तानेर लगेकाले बिनाको मृत्यु भएको हो