धनुषा : करेन्ट लागेर दाजु–भाइको ज्यान गयो, आमा–छोरा घाइते

धनुषा – करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको ज्यान गएको छ भने आमा–छोरा घाइते भएका छन् ।

आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका २३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वरको ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते दुवै जनाको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिनुभयो ।

करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा–छोराको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *