उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारवाही हुने बताएका छन् । नेपालीलाई नक्कली शुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतका अधिकारी र राजनीतिक नेतृत्व अनुसन्धानमा तानिएका छन् ।
गृहमन्त्री श्रेष्ठले आफूले प्रहरी प्रशासनलाई जुनसुकै तहको व्यक्ति भए पनि दोषी देखिए कारवाही गर्न निर्देशन दिएको बताए ।
जिल्ला अदालत काठमाडौंले यो प्रकरणमा बुधबार एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यही प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईं प्रहरी हिरासतमा छन् । गृहमन्त्री श्रेष्ठले यो प्रकरणमा स्वच्छ अनुसन्धान हुने र कारवाही हुने बताए ।