
देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।