निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा रहेकाे प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएकाे आइतवार प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा बालुवाटरकाे सरकारी निवासबाट सर्नुभएको हो ।
बूढानीलकण्ठमा रहेकाे निजी निवास अहिले मर्मत भइरहेकाले उहाँ धुम्बाराहीमा रहेकाे भाडाको घरमा सर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
देउवा २०७८ साल असार २८ गते पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि उहाँ सरकारी निवासमा बस्दै आउनुभएको थियो ।