शनिबार जनकपुरका सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको जिकिर गर्नुभयो ।
अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताउनुभयो । अध्यक्ष थापालेल आफूहरुले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्रजातन्त्रतान्त्रिक व्यवस्था कुरा गरेको पनि दोहोर्याउनुभयो ।