दाङमा बाढीले खानेपानीको मुहानमा क्षति, मुख्य पाइपलाइन पनि बगायो

लगातारको वर्षातका कारण दाङको भमके खोलामा आएको बाढीले अश्वारा खानेपानीको चुनेपहरा खानेपानी मुहानमा क्षति पुगेपछि खानेपानी आपूर्ति बन्द भएको छ।

बाढीले तुलसीपुर उपमहानगरपालिका–१ मा रहेको चुनेपहराको मुहानमा क्षति पुर्याउनुका साथै मुख्य पाइपलाइन समेत बगाएको खानेपानी आयोजनाका अध्यक्ष शिवहरि भण्डारीले जानकारी दिनुभयो।

खानेपानी आपूर्ति बन्द भएपछि झन्डै ५ हजार जना उपभोक्ता  प्रभावित भएका अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँदेखि १३ किलोमिटर टाढाको दूरीमा रहेको मुहानस्थलमा मर्मतका लागि प्रावधिकको टोली पठाइएको पनि उहाँले बताउनुभएको छ ।

Share your love