प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै डाक्टर सुरेश ढकालले थारू समुदायको इतिहास लेखनका हिसाबले प्रदर्शनी महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भाषा, संस्कृति, खानपान ठाउँअनुसार फरक-फरक भएकाले थारू समुदायलाई जोड्न साझा कुरा खोज्नुपर्नेमा जोड दिनुभयो । थारू सांस्कृतिक सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको प्रदर्शनी चैत १८ गतेसम्म चल्नेछ ।