थप ५ सय ४२ जनामा कोरोना पुष्टि, ४ सय २१ जना निको

काठमाण्डौ – पछिल्लो २४ घण्टामा पाँच सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा पाँच सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय २१ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार दुई सय ६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच २४ घण्टामा ९७ हजार ६ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share your love