त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत यूएईसँगकाे खेलमा नेपालले टस जितेर बलिङ राेजेकाे छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान राेहित पाैडेलले बलिङ राेजेका हुन् । नेपालकाे टाेलीबाट लेग स्पिनर माैसम ढकालले याे खेलबाट डेब्यु गर्दैछन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएकाे हाे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेकाे हो ।
नेपालले दाेस्राे खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।