त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा यूएईलाई पराजित गरे पनि हङकङले फाइनलमा स्थान बनाउन सकेन

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो । दुई सय १३ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ५ विकेट गुमाएर एक सय ४३ रन मात्र बनाउन सक्यो ।

हङकङ र यूएईले एक एक खेलमात्रै जिते । तर रनरेटका आधारमा यूएईले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल पर्सि शुक्रवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।